राष्ट्रपतिलाई म’हाभियोग लगाउने ह’ल्ला अ’नर्गल : प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई वि’वादमा ल्याउन नहुने बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई म’हाभियोग लगाउने ह’ल्ला अ’नर्गल, झूटो प्रचार भएको समेत बताएका छन् । शनिबार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू (म) र राष्ट्रपति विद्यादेवी भण्डारीवि’रूद्ध ष’ड्यन्त्र भइरहेकाले बाइ वर्ड बाइ स्टेप सामना गर्ने बताएका थिए । राष्ट्रपति वि’रूद्ध म’हाभियोगको तयारी भइरहेको र पार्टीका नेताले त्यसको अ’गुवाइ गरिरहेको उनको दा’बी थियो ।

त्यसो त राष्ट्रपतिलाई म’हाभियोग लगाउने तयारी भइरहेको हल्ला शनिबार दिनभरजसो चलेको थियो । राष्ट्रपतिलाई भेटेर फर्किएका प्रधानमन्त्रीले त्यही ब्रिफिङ गरेपछि घनश्याम भुसालले बैठकमै प्र’तिवाद गरेका थिए । उनले वि’श्वयुद्धताकाको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री पनि गलत सू’चनाको शि’कार भएको बताएका थिए । प्रवक्ता श्रेष्ठले पनि ट्विटमार्फत त्यसको ख’ण्डन गरेका छन् । “हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि वि’वादमा नतानौं ।राष्ट्रपतिको वि’रुद्ध महाभियोग प्रस्ताव ल्याउने अनर्गल झू’टा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अ’वमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयम्को पनि ध्यान जाने नै छ,” उनले ट्विट गरेका छन् ।