मेलम्ची आयोजना सम्पन्न, छिटै काठमाडौंमा मेलम्चीको पानी आउने

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आ’योजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उ’द्घाटन छिटै गरिने जानकारी दिइन् । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार स’म्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आ’योजनाका प्रमुख तिरेशप्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हा’लेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए ।पत्रकार स’म्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौ’रव बो’ध भएको बताइन । मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आ’शंकाहरु थिए । आम जनतामा निराशा थियो । मेलम्ची कतै द’न्त्यकथा हुने त होइन भन्ने खालका चि’न्ताहरु पनि थिए ।

तर, हामीले चु’नौतीसँग जुध्यौं । ती सबै आ’शंकाहरु, अ’न्यौलताहरु, ग’लत प्र’चारहरु ह’टाएर रातदिन काममा ख’टिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उ’पलब्धी हो ।’मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । मन्त्री मगरले भनिन्, ‘मेलम्ची आ’योजना निकै लामो समयदेखि सुरु भएको आ’योजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं ग’लत प्र’चारहरु गरिए । तर, हिम्मत न’हारिकन हामी अगाडि बढ्यौं ।

त्यसकै प्रतिफल आजको उपलब्धी हा’सिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’पत्रकार स’म्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चु’नौतीपूर्ण आ’योजना सम्पन्न गरिएको बताए । उनले आ’योजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उ’द्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए।