हावाबाट पनि कोरोना संक्रमण हुन सक्ने दा’बी !

२२ असार २०७७, सोमबार बिबिसी , हावाका साना कणमा पु’गेका कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने दा’बी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई कोरोना भा’इरससम्बन्धी निर्देशिका सं’शोधन गर्न आ’ग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य संगठनलाई खु’लापत्र पठाएर त्यस्तो मा’ग गरेका हुन् । उनीहरूले उक्त प’त्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् ।

ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हा’छ्युँ गर्दा नाक वा मु’खबाट नि’स्किने छि’टाबाट अर्को व्यक्तिमा सर्छ ।जुन २९ मा अ’द्यावधिक गरिएको जानकारीमा उसले पाँच मा’इक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोना भाइरस स’र्न सक्ने जनाएको छ ।न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हा’छ्युँ गर्दा निस्किने साना वा ठूला ड्’र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फै’लिन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण हुनसक्ने दा’बी गरेका छन् ।

तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्र’माणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन् । विश्व स्वास्थ्य सं’गठनको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बे’नेडेटा अ’लेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फै’लिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि वि’चार गरेको बताइन् । ‘तर ठोस वा स्पष्ट प्र’माणका आधारमा हैन,’ उनले भनिन्, ‘यसबारे ठूलो वि’वाद छ।’