ओखलढुङ्गाको लिखु गाउपलिकामा थप ३ जनामा कोरोना पुष्टि

ओखलढुङ्गा । ओखलढुङ्गाका तिन जनामा पुन कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट ओखलढुङ्गा मुक्त भएको समाचार सार्बजनिक हुदै गर्दा पुन तिनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शोमबार नियमित प्रेस व्रिफिङ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले धुलिखेलमा गरिएको पिसिआर परीक्षणका क्रममा तिन जनामा कोरोना भाईरस पुष्टि भएको जानकारी दिनुभयो । ओखलढुङ्गावाट कोरोना परीक्षणका लागि पठाईएका स्वाबको धुलिखेलमा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

ओखलढुङ्गाका तिनजनामा शोमबार कोरोना पुष्टि भएको र उनीहरु लिखु गाउँपालिकाकै भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङका लागि लिखु गाउँपालिकासँग समन्वय भैरहेको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।लिखु गाउँपालिकामा हाल विभिन्न बाहिरी मुलुकवाट आएका १४ जना क्वारेन्टाईनमा रहेका छन् । शोमबार मात्रै लिखुका २८ वर्षिय एक पुरुष कोरोना निको भएर घर फर्कदै छन् ।