अमेरिकामा कोरोना संक्रमित संख्या साढे ३० लाख पुग्यो

काठमाडाैँ, २३ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा ती’व्र वृद्धि भइरहेकाे छ । त्यहाँ साेमबार पनि ५० हजारबढी नयाँ संक्रमित फेला परेका छन् ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार एकै दिन मात्र ५० हजार २६२ जनामा संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३० लाख ४० हजार ५०९ पुगेकाे छ ।त्यहाँ हालसम्म १ लाख ३२ हजार ९७८ जनाकाे भाइरस संक्रमणका कारण मृ’त्यु भइसकेकाे छ ।

साेमबार त्यहाँ काेराेनाबाट ३७७ जनाकाे ज्यान गएकाे छ । मृ’त्युका के’सहरूमा भने दैनिक उ’तारचढाब जारी छ । अाइतबार त्यहाँ २६२ जनाकाे मृ’त्यु भएकाे थियाे भने शनिबारचाहिँ २६५ काे मात्र ज्यान गएकाे थियाे ।अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण ती’व्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृ’त्युदर घ’टिरहेकाे छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । अझ स’क्रिय उमेर स’मूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ ।

हालसम्म १३ लाख २४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (साेमबार) त्यहाँ ३४ हजार ८१९ जना सं’क्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख ८३ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।यी दृश्यहरूबाट पनि अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नअाउने बताइएकाे छ । अमेरिकाका सं’क्रामक रो’गका विशेषज्ञ तथा टास्क फो’र्सका सदस्य डाक्टर ए’न्थोनी फा’उचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको म’हामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताइरहेका छन् ।