काठमाडौं उपत्यकाका २३ स्थानमा भेटिए कोरोनाका सङ्क्रमित

२३ असार २०७७, मंगलवार रासस काठमाडौं, काठमाडौं उपत्यकाका वि’भिन्न २३ स्थानमा को’रोना स’ङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा स’ङ्क्रमण देखिएको थियो ।काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इ’पिडिमियोलोजी तथा रोग नि’यन्त्रण म’हाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

यस्तै ललितपुरको धो’वीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खा’ङ्वुबहाल, गो’टीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले बताए। आज काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो।