अन्ततः गयो सरिता गिरीको सांसद पद

काठमाडौँ ।समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट ब’र्खास्त गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद प’दबाट ह’टाउने निर्णय गरेको हो । यससँगै गिरी सांसद पदबाट समेत प’दमुक्त भएकी छन् ।पार्टीका महासचिव रामसहाय यादवका अनुसार पार्टीले उनलाई पार्टीको साधारण सदस्यबाट पनि नि’स्काशन गरेको जानकारी दिए । सांसद गिरीको का’रबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई का’रबाही गर्न गरेका सिफारिस अनुसार का’रबाही भएको बताइएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए का’रबाही गर्न बा’ध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिइनन् ।त्यसपछि पार्टीले उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकी थिइन् तर उनको स्पष्टीकरण चि’त्तबुझ्दो नभएको भन्दै का’रबाहीका लागि सि’फारिश गरेको थियो