जापानमा बाढीका कारण मृ’त्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ बे’पत्ता

टोकियो।जापानको दक्षिणी नगरहरूमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृ’त्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बे’पत्ता छन् । सेना सहितका उ’द्धारकर्ताहरूले मङ्गलबार बिहानैदेखि उ’द्धार र बे’पत्ता मानिसको खो’जीलाई ती’व्र बनाएका छन् ।जापानको दक्षिणी क्षेत्र क्यु’सुमा गत शुक्रबारदेखिको भी’षण वर्षाका कारण बाढीले व्यापक ज’नधनको क्ष’ति गरेको अधिकारीहरूले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्यु’सुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ ।

जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ ।फु’कुओकामा जापानी सेनाले मानिसलाई निकै जो’खिमका साथ घरघरबाट उ’द्धार गरिरहेका दृश्यहरू स्थानीय टेलिभिजनले प्रसारण गरिरहेका छन् । फु’कु ओ’कामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उ’द्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो ।विपद् व्यवस्थापन विभागले कु’मामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको श’व नि’कालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृ’त अवस्थामा भेटिएकी थिइन् ।

जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्यु’सुबाट करिब ३० लाख मानिसलाई अ’न्यत्र सुरक्षित स्थलमा जान सरकारले आ’देश दिएको छ ।हाल उ’द्धार कार्यमा दशौँ हजार सेना, प्रहरी र अरु उ’द्धार कार्यकर्ता अ’होरात्र ख’टिएका छन् । खासगरी कुमा नदीको आ’सपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्ष’ति गरेको छ । उ’द्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अ’वरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।रासस / एपी