‘हावाबाट कोरोना भाइरस स’र्ने प्रमाण भेटियो’

एजेन्सी ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फै’लिन सक्ने प्र’माणलाई स्वीकार गरेको छ ।यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फै’लिन सक्ने भन्दै मा’पदण्ड परिवर्तन गर्न सुझाव दिएका थिए ।क्लि’निकल इ’न्फेक्सियस डि’जिज ज’र्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वै’ज्ञानिकहरुले कोरोना भाइरस हावामा अ’डिन सक्ने र कुनै व्यक्तिले स्वास फे’र्दा ऊ संक्रमित हुनसक्ने प्र’माण प्रस्तुत गरेका थिए ।

डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको म’हामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मा’रिया वा’न के’रखोवले कोरोना भाइरस हावाबाट फै’लिएको आ’शंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।यसैगरी डब्ल्यूएचओका बे’नेदेत्ता आ’ल्लेग्रान्जीले भने, ‘खासगरी भि’डभाड भएको सार्वजनिक स्थानमा, हावा आ’वत–जावत नगर्ने ब’न्द स्थानमा हावाबाट भाइरस फैलिने आ’शंकालाई इ’न्कार गर्न सकिँदैन । हामी यी प्र’माणहरुलाई ए’कत्रित गरेर अनुसन्धान गर्ने काम जा’री राख्छौं ।’हाल विश्व स्वास्थ्य संगठनले सा’र्स–कोभिड–२ (को’रोना) भाइरस मु’ख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट नि’स्किने थुकका साना छि’टाबाट स’र्ने बताउँदै आएको छ ।

त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३–३ फुटको दुरीमा रहन र मास्क लगाउन सु’झाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फै’लिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम प’रिवर्तन गर्नुपर्ने हुन्छ ।वा’न के’रखोवले यसबारे डब्ल्यूएचओले छिट्टै जानकारी दिने बताए ।