सिन्धुपाल्चोकमा बा’ढीले १५ घर ब’गायाे : १९ वे’पत्ता, दुईको श’व भेटियाे

काठमाडौं, २५ असार । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर ब’गाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले ब’गाउँदा वे’पत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर ब’गाएकाे हाे ।स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार १४ घरका १९ जना ह’राइरहेको र दुई जनाको श’व फेला परेको छ । बाढीमा ह’राइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु ब’गाएको र केही व्यक्ति वे’पत्ता भएको बताउनुभयो ।जलविद्युत आयोजनाहरुमा पनि बा’ढीले क्ष’ति पुर्याएको छ ।

यस्तै आ’पतोल भन्ने ठाउँमा पक्की पुल ब’गाएको छ ।इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले ब’गाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयाे । ‘घर ब’गाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।बाह्रबिसेको जुरेदेखि नै बाटो अ’बरुद्ध भएकाले उ’द्धारमा क’ठिनाइ भएको प्रहरीले जनाएकाे छ ।अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।न्युज २४