अपडेटः सिन्धुपाल्चोक बा’ढीबाट २२ जना बे’पत्ता, ३२ घर ब’गायो

सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बा’ढी र पहिरोबाट २२ जना बे’पत्ता भएका छन् ।कम्तिमा ३२ घर ब’गेका छन् । अहिलेसम्म २ जनाको श’व भेटिएको छ । अरु ५ जना घा’इते भएका छन् । बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर ब’गेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको श’व फेला परेको छ । अरु तीन जना घा’इते भएका छन् ।त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बा’ढीले कच्ची र पक्की गरी ११ वटा घर ब’गाएको छ ।

त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि ब’गाएको छ । खागदलको पक्की पूल बाढीले ब’गाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अ’वरुद्ध भएको छ ।त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर ब’गाउँदा २ जना बालबालिका घा’इते भएका छन् । ४ जना बे’पत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भा’ग्न सफल भएका र अर्को घरका चार जना बे’पत्ता भएका उनले बताए ।घा’इतेको उ’द्धार र बे’पत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।