अमेरिकामा एकै दिन ६९ हजार संक्रमित

एजेन्सी ।संयुक्त राज्य अमेरिकामा एकै दिन झन्डै ६९ हजार कोरोना भाइरसका नयाँ संक्रमित थ’पिएका छन्। रोयटर्सले तयार गरेको तथ्याङ्कका अनुसार लगातार तेस्रो दिन रे’कर्डतोड संख्यामा संक्रमित थ’पिएका हुन्। संक्रमितको संख्या झन्डै ७० हजारको नजिक पु’ग्दाकै दिन वाल्ट डि’ज्नीले भने फ्लो’रिडामा रहेको पार्क खुला गर्ने नि’र्णय गरेको छ। अ’लास्का, जर्जिया, लुसियाना, मोन्टाना, ओ’हायो लगायतका अमेरिकी राज्यहरुमा संक्रमितको संख्याले नयाँ रेकर्ड ब’नाएको छ। कोरोना भाइरसको अर्को ह’ट स्प’टका रुपमा रहेको टे’क्ससका ग’भर्नर ग्रि’ग अ’वोटले लकडाउन थप क’डा पा’र्न सक्ने बताएका छन्।

मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्न नसक्ने हो भने थप क’डाई गरिने उनले बताएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३२ लाख भन्दा धेरै भइसकेको छ। अस्पताल अ’भाव भो’गिरहेको मुलुकमा अहिलेसम्म १ लाख ३३ हजार भन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गु’माइसकेका छन्। मृ’त्यु हुनेको संख्या अझै तीब्र गतिमा बढ्ने चे’तावनी दिइएको छ। अमेरिकामा ४४ राज्यमा संक्रमण ल’गातार बढिरहेको छ।