पहिरोमा वेपत्ता १० जनाको श’व भेटियो

रासस , म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वे’पत्ता भएका २१ मध्ये नौ जनाको श’व भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको श’व भेटिएको हो। सात जना वे’पत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले ब’गाएर वे’पत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै श’व भेटिएको थियो। मालिका गाउँपालिका–७ बि’मको तल्लोगाउँ, नौरु र दुलेमा वे’पत्ता आठको खो’जीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए।

नेपाली सेनाको हेलिकप्टरमार्फत वे’पत्ताको खोजी र उ’द्धारका लागि शनिबार बिहान सु’रक्षाकर्मी घ’टनास्थल पुगेका हुन्। भौ’गोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान प’हिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्। रघुगङ्गा –६ ठाडाखानीमा बाढीले ब’गाएर वे’पत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै श’व भेटिएको थियो। दु’खुखोलाले बगाएर वे’पत्ता भएकी मालिका–६ की गीता रोका अझै फे’ला परेकी छैनन्। मराङको रा’म्चेमा पहिरोमा परी घा’इते भएका चार जना घा’इतेको हेलिकप्टरले उ’द्धार गरेर बेनी अस्पतालमा ल्याएको छ।

अस्पतालमा ल्याएकोमा एक जना ग’र्भवतिसमेत छिन्। यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा प’हिरोका कारण ९३ घरपरिवार वि’स्थापित भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षासँगै प’हिरो ख’सेर जो’खिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा स’मूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सा’रिएको छ। देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रु’न्मामा सा’रिएको सु’र्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए।

जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सु’रक्षित स्थानमा सारिएको छ। रुन्माको नवसिर्जना युवा क्लवको भवन पु’रिएको छ। ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँ’ध र वि’द्युतगृह पहिरोले ब’गाएको छ। गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्ष’ति पुगेको छ। देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झो’लुङ्गे पुल ब’गाएको छ। थप क्ष’ति हुन नदिनका लागि जो’खिमयुक्त बस्तिका वा’सिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए।

धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो ख’स्न था’लेपछि छ परिवार वि’स्थापित भएका छन्। मनप्रसाद मगर र ड’ण्डपानी जैसीको घरमा पहिरोले क्ष’ति पु-याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए। मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सा’रिएको छ। धेरै ठाउँमा प’हिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जो’खिममा परेको गर्बुजाले बताए। पहिरो र स्थानीय खोलामा आएको बा’ढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्ष’ति पुगेको छ।