आज कुन ठाउँको मौसम कस्तो हुन्छ ?

काठमान्डौ , मौसम पूर्वानुमान महाशाखाले जारी गरेको शनिबारको मौसम पूर्वानुमान अनुसार हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५,सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।