सेती नदी उ’र्लिएर तनहुँको पुल्चोक बजार प’स्यो, ४२ घर डु’बेपछि…

२७ असार २०७७, शनिबार तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी प’सेको छ । लगातारको वर्षाले सेती नदी उ’र्लिएर ब’ढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डु’बानमा परेका छन् ।वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डु’बानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सु’रक्षित स्थानमा सारिएको छ ।‘सेती नदी बस्तीभित्रै छि’रेपछि त्यहाँका वासिन्दालाई सु’रक्षित स्थानमा सा’रिएको छ । केही चौपायालाई ब’गाएको पनि छ ।

क्ष’तिको विवरण संकलन गर्दै छौं,’ वडा नम्बबर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘स्थानीयलाई सा’मुदायिक भवनमा खाने, बस्ने प्र’बन्ध मि’लाएका छौं ।’सेती र सु’रौंदी खोलाले थप क्ष’ति पुर्‍याउन सक्ने क्षेत्रका वा’सिन्दालाई पनि सु’रक्षित रहन आग्रह गरिएको वडाध्यक्ष रेग्मीले बताए । नेपाली सेना र प्रहरीसँगै ज’नप्रतिनिधि पनि डु’बानमा परेको क्षेत्रमा ख’टिएका छन् ।