पार्टी फुटदैन, हामी जित्छौः प्रचण्ड

२७ असार २०७७, शनिबार काठमाडौं ।सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद चलिरहेको बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताउनुभएको छ । उहाँले प्रतिक्रियावादी शक्तिलाई नेकपा विभाजित हुने सपना नदेख्न चेतावनी दिनुभयो ।गृहजिल्ला चितवनको माडीमा शनिबार नेतारकार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले ‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क रहेको बताउनुभयो ।

मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छ, मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिन, उहाँले भन्नुभयो ।प्रचण्डले कोरोना महामारीका बेला प्रतिक्रियावादीहरूले अनावश्यक रूपमा खेल्न सक्ने पनि बताउनुभयो । उहाँँले भन्नुभयो,‘प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तर हामी जित्छौ ।’