उपत्यकामा साझा यातायात सञ्चालनको तयारी

काठमाडौं ।सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसंगै साझा यातायातले बस सञ्चालन गर्ने तयारी गरेको छ। सरकारले तोकेका मापदण्ड पुरा गरेर साझा यातायात सञ्चालनको तयारी थालिएको सञ्चालक समितिले जनाएको छ ।लामो समयदेखि जारी लकडाउनका कारण थन्किएका गाडीको हाल मर्मत सम्भारको काम भईरहेको समितिले जानकारी दिएको छ । सकेसम्म साउन १ गतेदेखि नै साझा यातायात सञ्चालन गर्ने तयारी रहेको बताईएको छ ।सरकारको निर्देशन अनुसार सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने छ ।

यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने बताईएको छ । यद्यपी साझा यातायातका सबै गाडीहरु एकैपटक सञ्चालन भने हुने छैनन् ।गाडीका चालक तथा सहचालकहरु उपत्यका बाहिर रहेकाले सिमित जनशक्तिका कारण केही सीमित रुटमा गाडी चलाउने तयारी गरिएको छ ।