नेपालमा कोरोना भाइरसको प्रभाव कम हुँदै, संक्रमित भन्दा निको हुने बढी !

काठमाडौं, २७ असार । कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या हरेक दिन घट्दै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा भने उल्लेख्यरुपमा थपिन थालेको छ ।पछिल्लो २४ घण्टामा ७० जना संक्रमित फेला पर्दा निको हुनेको संख्या ४ सय ३१ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ३१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८ हजार ४ सय ४२ पुगेको छ । निको हुनेको संख्या प्रतिशतमा ५० दशमलव ४ प्रतिशत रहेको छ ।

निको हुनेको संख्याले नेपालमा कोरोना भाइरसको प्रभाव कम हुँदै गएको विज्ञहरुले विश्लेषण छ । अधिकांश संक्रमण भारतबाट आएकाहरुमा देखिएको र नेपालमा समुदायमा फैलन नपाएकोले पनि संक्रमितको संख्या घट्दै गएको स्वास्थ्यविज्ञहरुको भनाइ छ ।