संखुवासभाको सिसुवाखोलामा प’हिरो जाँदा ७ घर ब’गायो, ११ जना बे’पत्ता

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँ’दा शनिबार राति ७ घर ब’गाएको छ। पहिरोले सिसुवाखोलाको वेसिन्दाका ११ जना बे’पत्ता भएको भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घ’टनास्थलतर्फ प्रहरी गएको र प्रहरी पुगेपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोसकुमार राईले जानकारी दिए। अबिरल वर्षापछि गएको पहिरोले बे’सिन्दा गाउँको ७ घर पहिरोले बगाएको छ। ३ जनाको उ’द्धार गरेको स्थानीय उत्तम कुलुङले जानकारी दिए।

अहिले अन्य घरपनि ख’तरामा रहेको कुलुङले बताए। बुधबारेबाट घ’टनास्थलतर्फ गएको प्रहरी टोलीलाई घ’टनास्थल पुग्न करिब ३ घण्टा लाग्छ। अहिले पनि त्यस क्षेत्रमा भारी वर्षा भइरहेकाले उ’द्धारमा स’मस्या भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए ।बे’पत्ताको खोजीकार्यमा जिल्लाबाट थप प्रहरीको मा’ग गरिएको अध्यक्ष कुलुङले बताए। उनले भने ‘ताम्कुमा रहेको मकालु बरुण राष्ट्रिय निञ्जको सुरक्षामा ख’टिएको सेनालाई समेत उ’द्धारमा सहयोग गरिदिन माग गरिएको छ।’