१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोले, तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

चेन्नई । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको र’हस्योद्घाटन नाटकीय रुपमा भएको हो ।तमिलनाडु जिल्लाको क’डलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् ।केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सो’धेका थिए ।

‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक च’कित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए ।ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक च’कित भए। उनले क्षेत्रीय कार्यालयमा यसबारे सो’धखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु क’थित तेस्रो शाखा कार्यालय हेर्न गए ।त्यहाँ पुग्दा बैङ्कका कर्मचारी नै च’कित भए । कार्यालयको सजावट, भौतिक संरचना लगायत सबै ब’न्दोबस्त कुनै बैङ्कको जस्तै थियो ।

नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद का’उन्टरमा रकम गणना गर्ने मे’सिन लगायतका सामान थिए ।स्टेट बैङ्कको सक्कली शाखाको उ’जुरीका आधारमा प्रहरीले छा’पा मा’रेर नक्कली शाखा खोल्न सं’लग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेका थिए ।नक्कली शाखा खोल्ने योजनाकार मा’निएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैं’किङ का’रोबारलाई नजिकबाट हेरेको बताएका छन् ।

पिताको मृ’त्यु भएको र आमाले पनि बैङ्कबाट अ’वकाश पाएपछि यसरी बैङ्क खोलेको उनले बताएका छन् ।आफूले ठ’गीको उद्देश्यले नभई बैङ्क खोल्ने चा’हनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।तीन महिनामा उनीहरुले कति नि’क्षेप संकलन गरे, उक्त रकम हाल कुन अवस्थामा छ, कति मानिस ठगिए भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।तस्बिर : फाइल