अमेरिकाको क्यालिफोर्नियामा पुन: लकडाउन

क्यालिफोर्निया, अमेरिकाको सबैभन्दा घ’ना आ’वादी भएको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढन थालेपछि पुन त्यहाँको व्यापार व्यवशाय र सार्वजनिक स्थलमा क’डा लकडाउन लगाइएको छ । ग’वर्नर ग्या’विन न्युसमले सोमवार ततकाल रेस्टुरेन्ट , वा’र , अन्य मनोरन्जन स्थल चि’डियाखाना र सं’ग्रहालयका सम्पूर्ण इ’न्डोर क्रियाकलाप ब’न्द गर्न आदेश दिएका छन् ।साथै दक्षिण पश्चिमी अमेरिकी राज्यका अन्य अति प्र’भावित क्षेत्रहरु जस्तै चर्च र जिमखाना र हेयर सैलुनपनि ब’न्द गरिने भएको छ ।

क्यालिफोर्नियामा ३ लाख ३० हजार भन्दा बढि कोरोना संक्रमित देखिएका छन् भने ७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।विगत दुई साताभित्र झण्डै ४ करोड आवादी रहेको क्यालिफोर्नियामा स्वास्थ परिक्षण गरिएकाहरुमा २० प्रतिशतले वृद्धि भएको पाइएकाले पुन क’डा नियमहरु लगु गरिएको हो । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार विगत दुई साता यता अमेरिकाका ५० मध्ये करिव ४० वटा राज्यमा संक्रमण अ’प्रत्यासित रुपमा वृद्धि भएको छ ।