प्रधानमन्त्री ओलीलाई पदबाट ह’टाउन गगन थापाकाे आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सांसद/नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट बि’दा गर्न नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीका पछिल्ला उटपट्याङ अभिव्यक्तिबारे टिप्पणी गर्दै पदमा बसिरहन नसुहाउने बताएका हुन् ।‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्र’त्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ।नेकपाका साथीहरू । राजनीतिक होइन भनेर न’पन्छिनोस्।

अब खड्गप्रसाद ओलीलाई प्रमबाट बि’दा गर्नोस्,’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उ’ट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अ’स्त्र र राजनीतिक स्टन्ट हो ।’उनले लेखेका छन् ‘प्रमलाई राम्रोसंग थाहा छ यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ । त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई ‘कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको वि’द्रोह थाम्ने क’डीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो ।’