प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा रकम रहेको समाचार बाहिरिएपछी…

काठमाडौं : प्रधानमन्‍त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा खाता र रकम जम्मा रहेको समाचार गै’रजिम्मेवारीपूर्ण र च’रित्रहत्या गर्ने ब’दनियताका साथ प्रकाशित भएको बताएका छन्। उनले ‘ग्लोबल वाच एनाइसिस’को ह’वाला दिँदै प्रकाशित समाचार जनतामा भ्र’म छर्न र प्रधानमन्त्रीलाई ब’दनाम गर्न उद्यत संचारमाध्यमहरूको र’वैया भएको टिप्पणी गरेका छन्। ‘ग्लोबल वाच एनालाइसिसको ह’वाला दिदैं केही नेपाली अनलाइनहरूले गै’रजिम्मेवारीपूर्ण र ब’दनियतका साथ गरिररहेको अत्यन्त भ्रा’मक, ग’लत र च’रित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र क’पोलकल्पित रहेको स्पष्ट गर्दछु। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले लेखेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्र’म छर्न र प्रधानमन्त्रीज्यूलाई ब’दनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको र’वैया खे’दजनक छ।’ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीको व्यक्तिगत सम्पत्ती विगत केही वर्षहरूमा धेरै गुणा बढेको उल्लेख गर्दै उनको स्वीस बैंकमा पैसा रहेको दा’बी गरेको थियो।

सोही सामग्रीलाई आधार मानेर समाचार प्रकाशित भएपछि प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार थापाले ख’ण्डन गरेका हुन्। उनले सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला ब’दनाम सुनियोजित षडयन्त्र गर्ने तत्वहरू सक्रिय रहेको दा’बी गरेका छन्। उनले भनेका छन्,‘राष्ट्रिय हितको रक्षा, सीमा अ’तिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनको सा’हसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा ब’दनाम गराउन यस किसिमले सु’नियोजित ष’डयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ।’