ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षलाई हा’तपात गर्ने १३ जना पक्राउ

ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकाको कार्यालयमा तो’डफोड गर्दै गाउँपालिका अध्यक्षलाई कार्यकक्षमा हा’तपात गर्ने १३ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीको आधारमा घ’टनामा सं’लग्न २ महिला सहित १३ जनालाई प्रहरीले घरमा नै पुगेर मंगलवार पक्राउ गरेको हो ।पक्राउ परेका सबैलाई मंगलवार नै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएर हि’रासतमा राखिएको छ । हिरासतमा राखिएकाहरुलाई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई अ’भद्र ब्य’बहार सम्बन्धिको क’सुरमा मु’द्दा च’लाईने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष माथि हा’तपात गर्ने र कार्यालय तो’डफोड गरेको आरोपमा पक्राउ पर्नेहरु सबै यसमकै रहेका छन् ।पक्राउ पर्नेहरुमा दिपक कार्की, दिपक थापा, लक्ष्मण कार्की, अरुण कार्की, पारस खड्का, विश्वास खत्री, हरिचन्द्र कार्की, विशाल थापा, दिपेन्द्र खड्का, दिपकराज खड्का, राजु कार्की रहेका छन् । त्यस्तै आ’रोपमा पक्राउ पर्ने दुई महिलाहरुमा भारती मगर खत्री र निर्मला थापा रहेका छन् ।

पक्राउ परेकाहरुलाई हि’रासतमा नै राखेर थप अनुसन्धानका लागि बुधबार म्या’द थपको तयारी गरिएको छ ।गत असार ११ गते लिखु गाउँपालिकाको एम्बुलेन्स दु’र्घटनाको विषयलाई लिएर लिखु ४ यसमका केही व्यक्तिहरुले असार ११ गते गाउँपालिका अध्यक्ष गोविन्द वहादुर पौडेललाई हा’तपात गरेका थिए । गाउँपालिका अध्यक्ष पौडेलसगै गाउँपालिकाको वर्षे अ’धिबेशनका लागि उपस्थित भएका गाउँपालिकाका अन्य ज’नप्रतिनिधीहरुलाई समेत उनीहरुले हा’तपात गरेका थिए । जनप्रतिनिधीहरुलाई हा’तपात गरेसँगै लिखु गाउँपालिकाको कार्यालयमा तो’डफोड गरि क्ष’ति पुर्याएको थियो ।