१ लाख घुससहित इञ्जीनियर पक्राउ

बलेवा– बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अ’भियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ र’ङ्गेहात पक्राउ गरेको जनाएको छ ।ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घु’स लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनुभयो ।अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए ।

घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको ब’हानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ ।आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घु’स मा’गेका थिए । सु’राकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई र’ङ्गेहात पक्राउ गरेको रिजालले बताउनुभयो ।रासस