साउन ४ देखि फेरि भारी वर्षा हुने विभागको पूर्वानुमान, उच्च सा’वधानी अ’पनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी प’हिरो आउनसक्ने पूर्वानुमान गरेको थियो ।नभन्दै सोही अ’वधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्ष’ति बेहोर्नुप¥यो । अझै ४५ भन्दा बढी मानिस ह’राइरहेका छन् । वि’पद्को आ’लो घा’उमा खा’टो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसैगरी विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरी स’चेत गराएको छ ।मौसम विज्ञान विभागका अनुसार साउन ४ देखि हुने भारी वर्षा तीनदेखि चार दिन रहने विभागले जनाएको छ ।

त्यस अ’वधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताइन् ।यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै प’हिरो ख’स्नसक्ने भएकाले सा’वधानी अ’पनाउन डा श्रेष्ठले अनुरोध गरेकी छन् । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।यही असार ३ गतेसम्म मौसम सामान्य जस्तै छ । सामान्य ब’दली भई केही स्थानमा पानी पर्ने सम्भावना छ ।

तर आइतबारदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँछ ।मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्ष हुनेछ । जसका कारण बाढी पहिरोको जो’खिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ ।केही नदीले सतर्कता तह पार गर्नेछ ।ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष स’तर्कता अपनाउन अनुरोध गरिएको छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत ब’हाव बढ्ने छ ।

केही नदी सतर्कता तह आसपास पुग्नेछ ।प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आ’कस्मिक ब’हाव आउने सम्भावना छ । यस्तो जो’खिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सा’वधानी अपनाउन राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। प्राधिकरणले मौसम र बाढीसम्बन्धी सूचनाहरु दैनिक बुलेटिन तथा वेबसाइट धधध।mाम।नयख।लउ, जथमचययिनथ।नयख।लउ लगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले उक्त सूच’नालाई विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अ’नुरोध गरिएको छ । बेलैमा सुरक्षित उपाए अपनाएर नदी त’टीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सु’रक्षित स्थानमा जान अनुरोध गरिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भी’षण वर्षा भएको थियो । उक्त अवधिमा वर्षापछि आएको बा’ढी र प’हिरोमा परेर ठूलो ध’नजनको क्ष’ति भएको छ भने धेरै मानिसहरु ह’राइरहेका छन् ।

मुलुकमा गएको असार महिनामा मात्रै बाढी प’हिरोमा परेर एक सयभन्दा बढीको ज्यान गु’माएका छन् भने ४५ बढी ह’राइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पू’र्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले स’तर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सा’वधानी अपनाउँदा अपनाउँदै पनि ठूलो ज’नधनको क्ष’ति भयो । यो बीचमा विशेषगरी प’हिरोले धेरै मानिसको ज्यान लिएको छ । ह’राइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राहत र उ’द्धार तथा पुनःस्थापनको काम तीव्र पारिएको जनाएका छन् ।

यसपटक भने असरमा आधारित सूचना प्रणाली अपनाइएकाले भारी वर्षा हुने मात्रै सूचना नदिएर कुन ठाउँमा कस्तो असर गर्छ भन्ने सू’चनासमेत सार्वजनिक गर्ने गरिएको प्राधिकरणका प्रमुख पोखरेलले बताए । त्यस कारण धेरै स्थानबाट पूर्वसूचना प्रणालीको प्रशंसासमेत भएको छ । उनले अहिलेदेखि नै सम्बन्धित स्थानीय तह, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयदेखि सम्बद्ध सङ्घसंस्थासँग समन्वयमा आवश्यक पूर्वतयारी गरिएको बताए।रासस