‘गुणस्तरहीन कामले फुट्यो मेलम्ची सुरुङ’

मेलम्ची, २ साउन । मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार स’म्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फु’टेर मानवीय भयो। वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’

अ’स्थायी बाँ’ध बनाएर वर्षात्को स’मयमा सुरुङ परीक्षण गर्दा पानीको ब’हाव बढी भई सु’रुङ चु’हावट भएको प्राविधिक बताउँछन्। आ’योजनाले भने सुरुङ के कारणले फु’टेको भनेर आ’धिकारिक कारण दिएको छैन। आ’योजनामा काम गरिसकेका एक प्रा’विधिक भने ह’तारमा भएको गु’णस्तरहीन काम नै प्रमुख का’रक रहेको दा’बी गर्छन्। आ’योजनाका एक इन्जिनियरका अनुसार जम्मा ४ किलोमिटरको प्रे’सर थे’ग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी प’ठाएको भए दु’र्घटना अझ भ’यावह हुन सक्थ्यो। ‘

४ किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दु’र्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दु’र्घटना भएको भए अवस्था अझ ग’म्भीर हुन्थ्यो’, उनी भन्छन्, ‘सुन्दरीजलबाट पानी फ’र्किंदा आयोजनाको मुहान तलका धेरै बस्ती जो’खिममा पर्थे।’ थोरै क्षेत्रमै दु’र्घटना भएकाले धेरै ज’नधनको क्षति हुने अवस्थाबाट भने जोगिएको उनको तर्क छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको यांग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी लैजान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै प’ड्कियो’।

ती प्राविधिक व्यंग्य गर्छन्, ‘तपाईं आफैं भन्नुस्, मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ? ’ यसले दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंवासीको उत्साहमा ध’क्का त लागेको छ नै बाँकी २२ किलोमिटर सुरुङको अवस्थामै ग’म्भीर शं’का उत्पन्न भएको छ। आयोजनालाई नि’यालिरहेका एक विश्लेषक हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जस लिने मन्त्री मगरको ला’लसा नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण रहेको दा’बी गर्छन्। यसमा पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मुख्य जि’म्मेवार रहेको उनी बताउँछन्।

इटालीको कम्पनीले ठेक्का र’द्द गरेपछि ह’तारमा अस्थायी बाँ’ध बनाउने ठेक्का दिने निर्णय गरिएको थियो। त्यस क्रममा कमिसनको खेल भएको, त्यसले गर्दा निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकार बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।