कोरोना म’हामारीका कारण ब’न्द दोलखाको भीमेश्वर मन्दिर भोलिदेखि खुला गरिने

२ श्रावण २०७७, शुक्रबार दोलखा । कोरोना महामारीका कारण ब’न्द गरिएको ए’कशिला तीन अवतारको रुपमा पु’जिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि साउन ३ गते (शनिबार)देखि खुला गरिने भएको छ ।शुक्रबार भीमेश्वर मन्दिर गु’ठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि शनिबार (भोलि)बाट मन्दिर खुला गरिने निर्णय गरिएको हो । सु’रक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिने छ ।

तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिने भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए । दोलखा बजारमा मनाइने गु’ल्ना पर्वका लागि मन्दिर न’घुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।