दोहोरी गित औसी रातैमा सार्बजनिक

बिमला बम,महेन्द्रनगर । लोक दोहोरी गित औशी रातैमा सार्बजनिक भएको छ ।गायक सज्जन धामीको अफिसियल युटुब च्यानलबाट आज सार्बजनिक गरिएको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा संगीत सज्जन धामीले गरेका छन् ।पछिल्लो समय बजारमा आइरहेका लोकदोहोरी गीतहरू मध्य फरक खालको मेलोडियस रहेको यो गीत माया प्रेममा आधारित रहेको छ। मोडल रिचा थापा, मिलन रोकाय, हरि थापा र सज्जन धामी फिचर्ड गीतको गरेको भिडियो आकर्षक बनेको छ।

युवा निर्देशक बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले उत्कृष्ट तरिकाले खिचेका हुन् । भिडियो को सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । मौलिक पहिरनमा छयांकन गरिएको भिडियो मा मोडल रिचा शर्माले उत्कृष्ट प्रस्तुती दिएकी छन् ।भिडियो यहाँ छ