पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कसैमा पनि कोरोना देखिएन

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरस कोभिड १९ को संक्रमण विहीन बनेको छ ।काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या निरन्तररुपमा कम देखिदै गर्दा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण देखिएन । अर्थात संक्रमण शून्य देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा कसैमा संक्रमण पाइएको जानकारी दिइएन । यद्धपि काठमाडौ भित्रका प्रयोगशालाहरुमा कति जनाको पीसीआर परीक्षण भयो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन ।

यद्धपि लामो समयपछि काठमाडौं उपत्यकामा कसैमा पनि संक्रमण नपाइएको यो पहिलो हो ।स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ३ सय ५१ रहेको छ । केही दिन अघि काठमाडौं उपत्यकाका ४ हजारमा गरिएको परीक्षणमा पनि मात्र ३ जनामा संक्रमण फेला परेको थियो । यस्ले पनि काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नभएको पुष्टि भएको मन्त्रालयको दावी छ ।