अमेरिकामा संकलित १० लाख १९ हजार सहयोग प’हिरो पी’डितलाई वितरण

पर्वत , पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङका प’हिरो पी’डितलाई १० लाख १९ हजार रुपैयाँ वितरण गरिएको छ । पहिरोबाट ज्यान गु’माएका ९ जनाका परिवार र पहिरोबाट घरबारवि’हिन भएका ६ परिवारलाई पर्वत समाज अमेरिकाको तर्फबाट प्राप्त रकम शनिवार ह’स्तान्तरण गरिएको हो ।पहिरोमा परि ज्यान गु’माएका ९ जनालाई जनही ७० हजारको दरमा ६ लाख ३० हजार र घ’रवारविहिन ६ जना परिवारलाई जनही ६५ हजारको दरमा ३ लाख ६० हजार रुपैयाँ वितरण गरिएको स्थानीय प्रितम गुरुङले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रवासीहरुको तर्फबाट प्राप्त रकम पी’डित परिवारलाई वितरण गर्नुभयो ।पहिरोले पु¥याएको मानवीय क्’षती र वि’स्थापितहरुलाई अमेरिकामा रहेका ९३ जनाले उक्त रकम सहयोग गरि गाउँ सम्म ल्याएका हुन् ।रकम वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पी’डितहरुलाई परेको स’मस्यालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुले गरेको सहयोग अ’तुलनिय रहेको बताउनुभयो । उहाँले पहिरो पी’डितलाई व’स्ती स्थानान्तरण गरि सु’रक्षित ठाउँमा स्थानन्तरण गर्न राज्यको तर्फबाट आवश्यक पहल भैरहेको बताउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्या, पर्वत समाज अमेरिकाका संस्थापक सचिव सञ्जिव श्रेष्ठ, समाजसेवी कुलबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।दुर्लुङबासीहरुले सा’मूहिक रुपमा पहिरोमा ज्यान गु’माएका द्रिपा थापा र विवेक थापाको स्मृ’तिमा स्था’पना गरेको अक्षयकोषका संयोजक प्रभु गुरुङले अक्षयकोषमा अहिले सम्म ९ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भैसकेको जानकारी दिनुभयो । उहाँले संस्थापक सदस्य दुई सय जना पुराउने चरणमा रहेको बताउनुभएको थियो ।कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दुर्लुङका सचिव होमवहादुर थापाले गर्नुभएको थियो ।