१५ वर्षदेखि बाँझिएको जग्गामा सा’मुहिक लिची खेती

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामुहिक रुपमा लिची खेती लगाएका छन् ।लिचीको पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि स्थानीय बरबोटे बिज बृद्धि कृषक स’मुहमा आ’वद्ध किसानले लकडाउनको अ’वधिमा बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोटभन्दा बढि लिचीको बिरुवा रोपेका हुन् ।‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ धितुङका स्थानीयले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका हुन् ।

शहर बजारमा बसिरहेका युवा लकडाउनकाबेला गाउँमा आएपछि सामुहिकरुपमा बाँझो जग्गामा लिची लगाउने निर्णय गरिएको बरबोटे बिज बृद्धि कृषक समुहका अध्यक्ष राजेश राईले बताए ।कृषक समुहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामुहिक रुपमा लिची खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको आठ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो ।लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक स’मुहले जनाएको छ ।