मेलम्ची नगरपालिकाको खनाल बस्ती प’हिरोको उच्च जो’खिममा

मेलम्ची । मेलम्ची नगरपालिका-४ थकनी अमलेको खनाल बस्ती पहिरोको उच्च जो’खिममा परेको छ । पहिरोले एक घर पुरेपछि बाँकी घर पनि जो’खिममा परेको हो । खनाल बस्तीमा १८ घरपरिवार छन् । माथिबाट पहिरोको जो’खिम र जमिन भा’सिन थालेपछि खनाल बस्ती त्रा’समा बसेको छ । रात रात भरि पानी आउँदा कहिले के हुने हो स्थानीयवासीहरु त्र’सित छन् ।गएरातिको पहिरोले अमलेका माधब राज खनालको घर पु’रिएको छ । १२ घरमा पहिरोले पुर्ण रूपमा क्ष’ति पुर्‍याएको र उक्त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पी’डित दिपेश खनालले जानकारी दिए ।

खनालका अनुसार मा’नवीय क्ष’ति नभए पनि घरमा भएका सबै सर सामान, लत्ताकपडा सबै नो’क्सान भएको छ ।पहिरो पी’डित हरुको स्थानीय ज’नप्रतिनिधिको स’क्रियतामा सिन्धु सु’रुङ्गमा सु’रक्षार्थ खटिएका सशस्त्र प्रहरीले उ’द्धार गरेको र उनिहरुको वैकल्पिक बासस्थानको लागि छलफल भैरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए । पी’डितले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएतापनि सुरक्षित स्थान नभएकाले पी’डितहरु त्यही बस्न बा’ध्य छन् ।