३० वटा सार्वजनिक भाडाका सवारी साधन का’रवाहीमा

काठमाडौं । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरीबढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी सा’धनलाई विशेष चे’कजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मा’पदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चे’कजाँचमार्फत कडाई गरेको जानकारी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।

ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाई बुझाई छा’डिएको ढकालले बताए ।सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, से’निटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सरकारले तो’केको स्वास्थ्य मापदण्ड पूरा गर्न,यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्या’निटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डि’सइन्फेक्सन गर्नेजस्ता कार्यहरू गर्न आ’ग्रह गर्दै५५८वटा भाडाका सवारी साधनलाई स’म्झाईबुझाई गरेकोपनि महाशाखाले जनाएको छ ।