महाराजगन्जमा तीन सवारी ठो’क्किँदा असईको मृ’त्यु

काठमाडौं, महाराजगन्जमा तीन सवारी साधन ठो’क्किँदा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृ’त्यु भएको छ। शनिबार साँझ सवा ५ बजे काठमाडौं महानगरपालिका-४ सुकेधारा हिमाल डेन्टल अगाडि दु’र्घटना हुँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल च’लाइरहेका असई प्रेमराज पौडेलको मृ’त्यु भएको हो। सुर्खेत घर भएका उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभाग प्र’शासन शाखामा कार्यरत थिए। सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल ठो’क्किएका थिए।

लगत्तै चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हे’डक्वाटर भद्रकालीको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठो’क्किन पुगेको प्रहरीले जनाएको छ। दु’र्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल ग’म्भीर घा’इते भएका थिए। उन लाई चाबाहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई ६ बजे मृ’त घो’षणा गरेको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन वटै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। महाशाखाका अनुसार स्कुटरका चालक च’ण्डोल बस्ने सरद सिग्देलसँग का’गजपत्र थिएन।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। पानी ट्याङकीका चालक पाँचथर घर भई आर्मी हे’डक्वार्टरमा कार्यरत ३५ वर्षीय धवेन्द्र खत्रीलाई भने प्रहरीले पक्राउ गरेको छैन। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। सेतो पाटि