साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी (भिडियो)

काठमाडौं । कोरोना भाइरसले विश्वको अर्थतन्त्र थलिदा नेपालको अवस्थामा पनि उही छ । अझ सबैभन्दा ठूलो असर यस्ले पर्यटन क्षेत्रलाई पनि पारेको छ ।नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाको ढोकामा पुगेर फर्कनु परेको पीडामा छ ।नेपालले भोग्नु परेको यो क्षति अकल्पनीय छदैछ । यसैक्रममा न्यूज २४ टेलिभिजनसंग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले मारमा परेको पर्यटन उद्योगलाई नयाँ ढंगले चलायमान गराउने तयारी सरकारले थालिसकेको बताउनु भएको छ ।

उहाँले यही क्रममा सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।कोरोना संक्रमण फैलिन थालेपछि बन्द गरिएका आन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने सरकारको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।उहाँले मन्त्रिपरिषदमा साउन १५ गतेदेखि होटेलहरु खोल्ने र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रस्ताव गरेको जानकारी दिनुभएको छ ।भिडियो यहा छ