मनसुन फेरि सक्रिय, पहिरो ख’साउने सम्भावना अधिक

काठमाडौँ, न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु स’क्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम ब’दली भई धेरै ठाउँँमा वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ । मुख्यगरी प्रदेश नं २, ५, गण्डकी, वाग्मतीका धेरै स्थानमा वर्षा भएको छ । रातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताउनुभयो ।

विभागका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश नं १ तथा प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । सोमबार बिहानदेखि भने मनसुन थप सक्रिय भएर थप वर्षा गराउने विभागले जनाएको छ । कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।त्यसैले बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ । मौसमविद्का अनुसार सोमबार साँझ या मङ्गलबार न्यूनचापीय रेखाले नेपाल छुने भएकाले भारी वर्ष नि’म्त्याउने छ । यही साउन ८ गतेदेखि विस्तारै दक्षिण जाने जनाइएको छ ।

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा वि’श्लेषण गर्दा मुलुकमा औषतभन्दा बढी अर्थात् २३० प्रतिशत पानी परिसकेको छ । प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन ग’लेकाले योपटक थोरै पानी पर्दा पनि जो’खिम बढी हुने राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु अनिल पोखरेलले बताउनुभयो ।यसबेला पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पु¥याएको र धाँ’जा फा’टेको स्थानबाट पानी पसेर पहिरो ख’साउने सम्भावना अ’धिक हुनेछ ।

मा’नवीय गतिविधिलगायत बाटो खन्दा फा’लिएको माटो एकैपटक ब’गेर पहिराको रुप पनि लिन सक्नेछ । त्यहाँबाट ब’गेको पानीले नदीनालाको सतह ब’ढाउनेछ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, वाग्मती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, नारायणी, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्यमात्रामा ज’लसतह बढ्नेछ । केही नदीले स’तर्कता तह पार गर्ने अनुमान छ । ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने ससाना नदी नालामा साउन ९ गतेसम्म नै आ’कस्मिक ब’हावको सम्भावना छ ।

साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत ब’हाव बढ्ने अनुमान छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् ।प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आ’कस्मिक ब’हाव आउने सम्भावना छ । यसअघि असार २५ देखि २९ गतेसम्म पनि यसैगरी मनसुन सक्रिय हुँदा ठूलो ज’नधनको क्ष’ति भएको थियो । वैशाखयता मुलुकभर विपद्जन्य घ’टनाबाट १६० ले ज्यान गु’माइसकेका छन् भने ५२ जना ह’राइरहेका छन् ।