हेलिकप्टरको आवाजसँगै खाद्यान्नको आस ,तीनपटक हेलिकप्टर पुगे पनि…

जाजरकोट, ४ साउन – गत शुक्रबार पहिरोबाट थिलथिलो परेको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आ’पूर्ति नहुँदा स’मस्या हुँदै आएको छ । बारेकोटमा तीनपटक हेलिकप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई स’मस्या भएको हो । गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न ढुवानीको आसमा बसेका ५०० विस्थापित सर्वसाधारण दुःखी भएका हुन् ।बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकप्टरले खानेकुरा ल्याउला भनेको कम्मल र त्रिपाल मात्र लिएर आएको बताउनुभयो ।

“घर छाडेको आज हप्ता दिन बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गु’जरा चलायौँ । अब के खाने रु राहत आउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन”, उहाँले गु’नासो सुनाउँदै भन्नुभयो, “त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ । बाँ’च्नका लागि पनि नखाइ भएन तर के खाने रु हेलिकप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आ’शा जा’ग्छ ।” पहिरो गएयता तीनपटक हेलिकप्टर आइसकेको छ तर हेलिकप्टरले केही थान त्रिपाल, कम्मल र सात बोरा चामल मात्र त्यहाँ पु¥याएको छ ।

“गत असार २६ गतेदेखि स्थानीय कालिका प्राविमा बसेका छौँ । विद्यालयको छाना चु’हिन्छ । खाने अन्न छैन, घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले ब’गायो, के खाएर बाँच्ने हो”, कामीको भनाइ छ । बा’ढीपहिरोको त्रा’सले एक हजार ५५ परिवार वि’स्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् तर धेरै परिवारसँग खाद्यान्न स’किँदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइँदैन ।खाद्यान्न नपाइएपछि वि’स्थापित भोकभोकै पर्न थालेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताउनुभयो ।बारेकोटमा उ’त्पादित अन्नले वर्ष दिनमा छ महिना मात्र खान पुग्छ ।

यातायात असुविधाका कारण ढुवानी स’मस्याले निजी क्षेत्रका खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलमै भ’र पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिनदेखि रि’त्तै हुँदा स’मस्या भएको हो । बर्सेनि खाद्य स’ङ्कट भइरहने बारेकाटका करिब २० हजार बा’सिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रि’त्तै छ ।बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिँदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा स’मस्या देखिएको छ । बारेकोटको खाद्य स’ङ्कट टा’र्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ ।

उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी वि’ल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढु’वानी गरेका छन् । एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो ।“गाउँमा खाद्यान्नको अ’भाव छ, ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो, पसल छैनन् । डिपो रि’त्तै छ, के किनेर खाने रु” वि’स्थापित बारेकोट–४ का देवराज बोहोराले भन्नुभयो । विस्थापित परिवार वि’पन्न वर्गका छन् ।

लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन् । रोजगारीका अवसर छैनन्, त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छि’याछिया परेका छन् । मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षा रो’किएको छैन । विस्थापित सबै परिवार रा’हतकै प’र्खाइमा छन्, तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन ।“बारेकोटका जिरी, तल्लोजिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, कोट्लीलगायतका गाउँमा केही दिनमै भो’कमरीको अवस्था सि’र्जना हुँदैछ । गाउँपालिका एक्लैले वि’पद्को सा’मना गर्न सक्ने अवस्था छैन ।

विस्थापितलाई खानबस्नका लागि निकै स’मस्या छ”, उपाध्यक्ष शाहीले भन्नुभयो । यातायात र सञ्चार सम्पर्कबाट बि’च्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा स’मस्या भएको छ । राहत सामग्रीका लागि हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन । बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा छ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समस्या भएको उहाँले पी’डा सुनाउनुभयो ।पानी निरन्तर परिरहेकाले जमीन भासिने र प’हिरो जाने क्रम न’रोकिँदा पहिरो जाने ड’रले घर छाडेका स्थानीयवासी विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर ब’सिरहेका छन् ।

धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् तर त्रिपाल नहुँदा कोरोनालगायतको जो’खिम मोलेरै सयाँैको सङ्ख्यामा कोे’चिएर बस्न विवश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भन्नुभयो ।गत असार २५ मा बारेकोट–४ सा’र्कीटोलमा गएको प’हिरोमा परी ११ जनाको ज्या’न ग’एको थियो भने एक जना अझै बे’पत्ता भएका छन् । त्यस्तै बारेकोट–६ धुमाखोलाले बगाउँदा बे’पत्ता दुई जना पनि अझै फे’ला पर्न सकेका छैनन् ।रासस ।तस्बिर :फाइल