नारायणीमा पानीको ब’हावले ख’तराको तह पार गर्यो, सा’वधानी अपनाउन अपिल

चितवन । लगातारको वर्षापछि नारायणी नदीमा पानीको ब’हाव बढ्दा नदीको सतहले ख’तराको तह पार गरेको छ ।सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सा’वधानी अ’पनाउन अपिल गरेको छ ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई स’जग रहन अनुरोध गरेका छन् । जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ ।

सात दशमलब तीन मिटर तह पार गरे चे’तावनी तह र आठ मिटर पार भए ख’तराको तह पार गरेको मानिन्छ ।नारायणगढ पुल नजिक भने पानीको सतह ११ दशमलव ७२ मिटर अर्थात चे’तावनी विन्दुमा छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चे’तावनीको तह ना’घेको मानिन्छ । पानीको ब’हाव बढ्ने क्रममानै रहेको छ ।नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौली डु’बानको ख’तरामा छन् । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको त’टबन्धसमेत भ’त्काएको थियो । नवलपुर क्षेत्रमा पनि जो’खिम बढेको छ ।