आमाले कोरोना जितेपछि अनुपमले डाक्टरलाई भने…

एजेन्सी । बलिउड कलाकार अनुपम खेरले कोरोना संक्रमित आफ्नी आमाको उपचारमा संलग्न डाक्टरलाई ‘रियल हिरो’ को संज्ञा दिएका छन् ।आमाले कोरोना संक्रमण जितेको खुसीमा उनले हालै इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उपचारमा संलग्न सबैलाई ‘रियल हिरो’ को संज्ञा दिँदै आभार व्यक्त गरेका छन् । कोरोना पुष्टि भएपछि उनकी आमा र दाइसहित भाउजू र भतिजीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनी कोरोना मुक्त भइसकेको र अब आठ दिनसम्म होम–क्वारेन्टिनमा बस्न सुझाएको बताए ।

कोरोनासँग जु’झिरहेका परिवारका लागि प्रा’र्थना गर्दै उनले यो समययमा आफूलाई ब’चाउन नजिकको व्यक्तिहरूसँग दूरी कायम गर्न पनि सबैसँग आ’ग्रह गरे । उनकी आमासहित बाँकी परिवारमा १२ जुलाईमा कोरोना पुष्टि भएको हो । (नवभारत टाइम्स)