चीनमा खुल्न थाले सिनेमा घर

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिने क्रममा कमी आएपछि चीनमा सिनेमा हलहरु खुल्न थालेका छन् । सोमबार देखि चीनमा कोरोना भाइरस कम जोखिम भएको स्थानमा सिनेमाघर खोल्न सकिने चाइना फिल्म एड्मिन्स्ट्रेशन (सीएफए) ले बताएको हो ।महामारी नियन्त्रण गर्न जनवरीमा चीनले कठोर लकडाउन लगाएपछि सिनेमाघरहरू पनि प्रभावित भएका थिए । सिनेमाघरहरूले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्न र पहिले देखाउने गरेकोभन्दा आधा संख्यामा चलचित्र देखाउन भनिएको छ ।

हलमा आउने दर्शकहरूको शरिरको तापक्रम नापिने र दर्शक र सिनेमाघरका कर्मचारी सबैले मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । नयाँ सुरक्षा नियमअनुसार सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न पाइन नपाइने जानाइएको छ ।अहिले केही सिनेमाघर त स्थायी रूपमा बन्द भइसकेका छन् ।