धादिङमा पहिरोमा पु’रिएर एकै परिवारका तीन जनाको मृ’त्यु

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा प’हिरोले घर पु’र्दा परिवारका तीन जनाको मृ’त्यु भएको छ । पहिरोले घर पु’रिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।पहिरो बिहान चार बजेतिर प’हिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।बिहान साढे ४ बजे पहिरोले पु’रिएको खबर आएपछि घ’टनास्थलमा प्रहरी पुग्दा तीन जनाको श’व फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मृ’तक तीनै जनाको श’व स्थानीयवासी र प्रहरीले प’हिरोबाट बाहिर नि’कालेका छन्। प’हिरोमा परेर थप पाँच घर सं’कटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बा’ढी प’हिरो गइरहेकाे छ । प’हिरोमा परी काठमाडौँसमेत एक जनाकाे मृ’त्यु भएकाे छ । लगातार वर्षाका कारण दर्जनौँ सडक अ’वरुद्ध भएका छन् ।