बेलायतले १०७७ जना जनामा गरेको कोरोना खोप परीक्षण सफल

बिबिसी , बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस वि’रुद्धको एउटा खो’प सुरक्षित र रो’ग प्र’तिरोधी क्ष’मतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोना भाइरसविरुद्ध ल’ड्न सक्ने ए’न्टीबडी र टि’-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोना भाइरसको संक्रमणविरुद्ध सु’रक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन ।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ । उक्त खोपको नाम C’hAdOx1 n’CoV-19 राखिएको छ। त्यसलाई अ’भूतपूर्व गतिमा विकास गरिएको हो। यो खोप चि’म्पान्जीहरूमा रूघाखोकी लाग्नमा जि’म्मेवार एक भाइरसलाई आ’नुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा संक्रमण फै’लाउन सक्दैन र यसलाई को’रोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ। कोरोनाभाइरसका विषयमा ए’न्टीबडी बारे धेरै केन्द्रित हुने गरिएको छ। तर ती भनेका प्र’तिरक्षा क्ष’मताका भाग मात्र हुन्।

’एन्टीबडी’लाई तटस्थ पारिदिँदा कोरोनाभाइरस नि’स्कृय हुनसक्छन्। टी’-सेलहरू चाहिँ श्वेत रक्त कोषहरू हुन्। यी कोषहरूले प्र’तिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् र शरीरको कुन भागका कोषहरूमा सङक्रमण छ भनी पत्ता लगाएर त्यसलाई न’ष्ट गरिदिन्छन्। लगभग सबैखाले प्रभावकारी खोपहरूले ’ए’न्टीबडी’ र टी-सेल दुवैलाई बलियो पार्ने काम गर्छन्। यो खोप सुरक्षित छ तर त्यसका केही सा’इड इ’फेक्ट अर्थात् अ’सरहरू छन्। त्यस्ता अ’सरहरू ख’तरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।

त्यसलाई प्या’रासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफर्ड अनुसन्धान समूहका प्राध्यापक ए’न्ड्र्यू पो’लार्डका अनुसार रो’गप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ता’कि खो’पले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए। अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक सा’राह गि’ल्बर्ड भन्छिन्, ‘यो खो’पलाई पुष्टि गर्न र हाम्रो खो’पले कोभिड-१९ म’हामारीलाई व्यवस्थापन गर्छ भन्नका लागि धेरै काम गर्न बाँकी छ। तर पहिलो नतिजाले स’कारात्मक सङ्केत गर्छ।’