दार्चुलाको सीमामा चट्टान फो’डेर ध’माधम ट्याक खोल्दैछ नेपाली सेना

काठमाडौं : सामरिक हिसाबले सं’वेदनशिल मानिएको दार्चुलाको छाङरु -घाँटीबगर ट्रयाक खोल्‍ने काम नेपाली सेनाले ध’माधम गरिरहेको छ। नेपाली सेनााले २५० मिटर ट्याक खोलिसकेको छ। बाँकी काम ढिलोमा चाँडै स’काउने गरी ध’माधम निर्माण कार्य भइरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले दिएका छन्। ४५० मिटर ट्याक खोलेपछि छाङरु -घाँटीबगर बाटो प्रयोगमा आउनेछ। चट्टान फो’डेर निर्माण भइरहेको यो घोरेटो बाटो तयार भएपछि छाङरु -घाँटीबगर बासिन्दा दार्चुला आ’वतजावत गर्न भारतीय भूमि प्रयोग गर्नुपर्ने वा’ध्यता अन्त्य हुनेछ।

अहिलेसम्म उनीहरु भारतीय भूमि टे’केर आवत जावत गर्नुपर्ने अवस्था छ। कडा चट्टान तथा मौसमको प्रतिकुलताले गर्दा काममा केही क’ठिनाइ भएको बताउँदै प्रवक्ता पौडेलले भने, ‘प्रत्येक दिन सातदेखि १० मिटरको हिसाबले ट्याक खोल्ने काम भइरहेको छ ।अबको ३०-३५ दिन भित्रमा काम सम्पन्‍न गर्ने लक्ष्यसहित काम भइरहेको छ।’ प्रवक्ता पौडेलले यो बाटो तयार भएपछि भारतीय भूमि टे’केर गाउँ आवत जावत गर्नुपर्ने वा’ध्यता अन्त्य हुने बताए। दार्चुलाको छाङरु र घा’टीबगर त्यही क्षेत्र हो, जुन भारतले अ’तिक्रमण गरेर फौज राखेको नेपाली भूमि कालापानीबाट झन्डै १० किलोमिटरको दुरीमा पर्छ।

छाङरुमा सशस्त्रले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। छाङरु नजिकै घाँटीबगरमा सेनाको अस्थायी क्याम्प ब’सेको छ। खासगरी भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सामरिक रुपमा सं’वेदनशील मानिएको यो क्षेत्रमा सुरक्षा सतर्कता र सक्रियता ब’ढाइएको हो। वैशाखको अन्तिम साता शसस्‍त्रको बीओपी स्थापना भएको थियो भने जेठको पहिलो हप्ता सेनाको अस्थायी क्याम्प बसेको थियो। भारतीय भूमि टेकेर गाउँ पुग्‍नुपर्ने वा’ध्यतामा रहेका स्थानीयमा बन्दै गरेको यो बाटोले बेग्लै खुसी संचार भएको छ। अन्नपूर्ण