साउथ इन्डियन अभिनेत्री ऐश्वर्यामा पनि कोरोना पुष्टि

एजेन्सी , साउथ फिल्मकी चर्चित अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ । साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी ऐश्वर्याले आफुलाई कोरोना पुष्टि भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना भएको बताउदै आफु नजिक भएका सबैले कोरोना परिक्षण गर्न सुझाव दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ ।अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु ।

पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।” उनले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी थिइन् ।पछिल्लो समय भारतका चर्चित कलाकारहरुमा पनि कोरोनाभाइरसको संक्रमण देखिन थालेको छ । यसअघि बलिउड महानायक अमिताभ बच्चनका परिवार, अनुपम खेरका परिवार, अभिनेत्री रेखा र फराहन अख्तरका सेक्युरिटी गार्डमा पनि कोरोना देखिएको थियो ।-इन्डियन एक्सप्रेस