जसले एकैदिनमा कमाए १३ अर्ब डलर !

काठमाण्डौ । अमेजनका सीइओ र विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बजोसको सम्पत्तिमा एक दिनमा १३ अर्ब डलरको बढोत्तरी देखिएको छ । सन् २०१२ बाट सुुरुवात भएको ब्लुुमबर्ग इण्डेक्स पश्चात एकै दिनमा कुुनै पनि धनाढ्य व्यक्तिको सम्पत्तिमा आएको यो सबैभन्दा ठूलो बढोत्तरी हो । सोमबार अमेजनको सेयरमा ७.९ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्तिमा उछाल आएको हो। अमेजनको सेयर मूल्यमा देखिएको यो वृद्धि सन् २०१८ पछिकै सबैभन्दा धेरै हो । कोरोना महामारीका कारण मानिसहरु अनलाइन सपिङमा अभ्यस्त हुुन थालेका छन् ।

जसको प्रत्यक्ष फाइदा अनलाइन कारोबार गर्ने अमेजनलाई भएको छ । यो वर्ष बेजोसको सम्पत्तिमा निरन्तर वृद्धि देखिएको छ । अहिले देखिएको वृद्धिसँगै बेजोसको सम्पत्ति १८९.३ बिलियन डलर पुुगेको छ । अमेरिका आर्थिक मन्दीको अवस्थाबाट गुुज्रिरहेकाले बेजोसको सम्पत्तिमा भएको बढोत्तरीले महत्वपूर्ण अर्थ राखेको छ । एउटा ताजा आँकडाका अनुुसार बेजोसको सम्पत्ति एक्सन मोबिल कर्प, नाइकि र म्याकडोनल्डको कुुल मार्केट भ्यालुुएसन भन्दा पनि धेरै छ । जेफ बेजोससँगै अन्य टेक कम्पनीका मालिकहरुको सम्पत्तिमा पनि तीव्र बढोत्तरी आएको छ । यो वर्ष फेसबुुकका सीइओ मार्क जुुकरवर्गको सम्पत्तिमा पनि १५ अर्ब डलरको बढोत्तरी देखिएको छ ।