चालकले भने भाडा त ४ हजार लाग्छ…

दोलखा- तीन दिनअघि एक सरकारी कर्मचारी चरिकोटबाट काठमाडौं जान गाडीको खोजीमा सातदोबाटो निस्किए । काठमाडौं जान भनेर लागेका गाडी त भेटे तर भाडा सुन्दै उनको सातो गयो । चालकले भने भाडा त ४ हजार लाग्छ, जाने भए बस्नुस् नजाने भए अब सिट भरियो ।ति कर्मचारी मात्र होइन हिजोआज काठमाडौं होस् वा अन्यत्र जहाँ जान पनि प्रचलित भाडा दरभन्दा चर्को भाडा असुल्ने गरेका छन् । चरिकोटदेखि काठमाडौंको दूरी १३३ किलोमिटर हो । सार्वजनिक यातायताको सरकारले तोकेको भाडा ३ सय ५० रुपैंया छ ।

तर आजभोली काठमाडौं चरिकोटको भाडा ३ हजारदेखि ५ हजारसम्म तिर्नु पर्ने बाध्यता छ ।कोरोना भाइरस रोकथामका लागि लकडाउनपछि सार्वजनिक यातायत लामो समयदेखि बन्द छन् । लकडाउन खुकुलो भएसँगै सरकारले निजी (रातो नम्बर प्लेटका) गाडी मात्र सञ्चालन गर्न दिएपछि आपतमा परेको यात्रुहरू नराम्रोसँग ठगिन थालेका छन् । सरकारले सार्वजनिक यातायतका साधन सञ्चालन नगर्दा निजी गाडीले दशौं गुणा महँगो भाडामा यात्रु ओसारी रहेका छन् ।आपत्कालिन अवस्थामा विरामी, मलामी वा विकास निर्माणका अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयले निजी गाडीलाई पासको व्यवस्था गरेको छ ।

तर निजी गाडीले त्यही पासको दुरुपयोग गर्दै चर्को भाडामा यात्रु ओसार्ने गरेका छन् । लकडाउन सहज भएसँगै गाउँ फर्केकाहरू सहर छिर्नेहरू बढेका छन् । जिल्लाभरमा मात्र सार्वजनिक यातायात केही दिनदेखि सञ्चालनमा छ । जिल्लाभित्र आवत जावत गर्न यात्रुलाई केही राहत भए तापनि अर्को जिल्ला जान र काठमाडौं छिर्नका लागि भने निजी गाडी धनीबाटै ठगिँदै आएका छन् ।कालो प्लेटका गाडीलाई सरकारले नै कडाइ गरेपछि रातो नम्बर प्लेटका निजी व्यवसायिक प्रयोजनका लागि दर्ता भएका गाडीहरू अहिले यात्रु ओसार्नकै लागि सञ्चालनमा छन् ।

एउटा गाडी चरिकोटदेखि काठमाडौं पुग्न १० देखि १५ हजारसम्म असुल्छन् । एउटा गाडीमा सरकारले चालकसहित तीन जना मात्र बस्न मिल्छ । कहिले काँही आपत्मा हिड्नु पर्दा एकै जनाले सिंगै भाडा तिर्नु पर्छ । प्रहरीले अलि कडा जाँच गरेको बेला ति यात्रुलाई पनि गन्तव्यमा नपु-याई बनेपा वा धुलिखेलसम्म मात्र पु-याएर छाडिदिने गरेका छन् ।जिल्ला प्रशासन कार्यालय दोलखाले पनि पास वितरणमा कडाइ गरेको छ । पासको दुरुपयोग गरेका केही गाडी र चालकलाई कारबाही समेत गरेको छ । यात्रुको गुनासो आएपछि ट्राफिक प्रहरीले समेत छड्के चेकजाँचलाई कडा बनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख राजकुमार दुलालले अनुगमणमा यात्रुहरू आफैं लुकीछिपी प्रहरीको आँखा छलेर चर्को भाडा तिरि रहेको बताए । काठमाडौंसम्म सिधै सार्वजनिक नचल्ला यात्रुहरूले दुःख भोग्नु परे तापनि प्रहरीले नियमित अनुगमण गरिरहेको उनले बताए । उनका अनुसार केही दिनदेखि जिल्ला भित्र चल्न थालेका सार्वजनिक यातायातमा पनि बढी यात्रु राखेको सुरक्षात्मक उपाय अपनाएको नअपनाएको बारे ट्राफिक प्रहरीले अनुगमण गरिरहेको छ ।कारोबार