पहिरोमा पुरिएर मृ’त्यु भएका प्रतिपरिवारलाई डेढ डेढ लाख

वालिङ , पहिरोमा पुरिएर ज्यान गु’माएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पु’रिएर मृ’त्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको रु एक लाख र प्रदेश सरकारको रु ५० हजार गरी प्रतिपरिवार रु एक लाख ५० हजारका दरले रु छ लाख र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई रु ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराए ।

गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृ’त्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले रु एक लाख उपलब्ध गराएका थिए । मङ्गलबार नै मन्त्री चु’मानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्था’लगत अवलोकन तथा नि’रीक्षणसमेत गरे । गत असार ३० गते कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको प’हिरोमा पु’रिएका तीन जनाको श’व फेला परेसँगै सा’मूहिक अ’न्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बि’त्दा पनि अझै श’व फे’ला पर्न सकेको छैन ।

प’हिरोमा पुरिएको श’व फेला पार्न नसकेपछि सोमबार कु’शको श’व बनाएर कालीगण्डकीमा अ’न्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताए ।प’हिरोमा पु’रिएर कालीगण्डकी गाउँपालिका–४ साविक बि’र्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृ’त्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको श’व अझै फे’ला पर्न सकिएको छैन । असार १३ गते घ’रमाथिबाट झ’रेको पहिरोले घर भ’त्किँदा गल्याङ नगरपालिका–९ सा’ङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लै’जाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो ।