लमजुङमा गाउँ नै प’हिरोमा प’र्दा १८ घर पु’रिए

काठमाडौं, लमजुङको मस्र्याङ्दी गाउँपालिका – ३ खुदी प’ल्लोटारीमा रहेकाे एउटा सिंगाे बस्ती नै प’हिरोले पु’रेको छ। बुधबार बिहान माथिबाट आएको प’हिरोले १८ घर पु’रेको घ’टनास्थलमा रहेका प्रहरी नायव निरीक्षक (सई) प्रेमप्रसाद शर्माले जानकारी दिए। प’हिरोमा ३ जना घा’इते भएका छन्। उनीहरुलाई स्थानीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। गाउँलेले भा’गेर ज्यान जो’गाएका थिए । पहिरोको जो’खिममा रहेको भन्दै त्यहाँका मानिसलाई मंगलबार नै अ’न्यत्र सा’रिएकाले ठूलो मा’नवीय क्ष’ति हुन नपाएको सई शर्माले जनाकारी दिए।

बस्तुभाउ र अन्य धनसम्पत्ति सबैमा क्ष’ति पुगेको उनले जानकारी दिए। उता बाजुरा बुढीगंगा नगरपालिका–२ स्थित ता’प्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बा’ढीले ब’गाएको छ ।पक्की पुल ब’गेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा ब’न्द भएको छ ।वडामा ८ वटा घर बा’ढिले पूर्ण रुपमा क्ष’ति पुर्याएको छ । उ’द्धारका लागि जिल्लाबाट सिडियोको ने’तृत्वमा सु’रक्षा टो’ली परिचालन गरिएको वडा अध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो ।साफे–मार्तडी सडकखण्ड अन्तरगत ओ’मकोटमा पनि प’हिरोको कारण करिब दुई सातादेखि यातायात अ’बरुद्ध भएको छ ।