प्रधानमन्त्रीले घो’षणा गरेको पाँच बर्ष वित्दा पनि हटेन तुईन, तुईनबाट खसेर एकको मृत्यु

काठमाण्डौं । मकवानपुरमा तुईनबाट ख’सेर एक जनाको मृ’त्यु भएको छ ।तुइनबाट खसेर मृ’त्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।रापती र सामरी खोला दो’भानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए ।तुइनबाट ख’सेर रापती खोलाले उनलाई ब’गाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चि’प्लिएर ख’सेका थिए ।खोलाले ब’गाएर करिब तीन सय मिटर तल पुगेपछि उ’द्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल’गिएकोमा थप उपचारका लागि चितवन रि’फर गरिएको थियो ।

चितवन लैजाने क्रममा बाटोमै उनको मृ’त्यु भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुदाँ ७२ सालमै दुई बर्ष भित्र तुईन वि’स्थापित गर्ने घो’षणा भएको थियो । तर अहिले दोस्रो पटक उनी प्रधानमन्त्री भएको तीन बर्ष पुरा हुन लाग्दा समेत अझै तुईन वि’स्थापित भएको छैन ।यद्यपि, सरकारले यस अघि नै तुईन वि’स्थापित भईसकेको भनेको थियो ।